स्पेनिस ला लिगा फुटबलमा लगातार हार ब्यहोरेको रियल मड्रिडले जित निकालेको छ ।
ला लिगाको पछिल्लो ५ खेलमा १ खेलमा बराबरी र ४ खेलमा लगातार हार ब्यहोरेको रियल मड्रिडले शनिबार राति भने रियल भालाडोलिडलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी यात्रालाई फेरी अगाडि बढाएको छ ।आफ्नै घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा भने रियल मड्रिडले गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गर्न सफल भयो । रियलको जितमा ओलिभइरा जुनियर र सर्जियो रामोसले गोल गरे ।
खेलको ८३औं मिनेटमा जुनियरले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको करिब ५ मिनेटपछि अर्थात खेलको ८८औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीबाट गोल गर्दै अग्रता रियललाई २–० गोलको जित दिलाएका हुन् ।केही दिनअघि मात्रै रियलले प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेको थियो । अहिले सान्टियागो सोलारीले रियललाई हेरी रहेका छन् । उनकै प्रशिक्षणमा रियलले विजयी यात्रा फेरी सुरु गरेको हो । ११ खेलबाट १७ अंक बनाएको रियल लिगको छैटौ स्थानमा छ ।
Comments are closed, but trackbacks and pingbacks are open.