Nepal's First Video FM

को हुन् त ओली ? संक्षिप्त जीवनी

576

फाल्गुन ३,एमाले अध्यक्ष खड्गप्रसाद ओली मुलुकको ४१ औं प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

आफ्नो जीवनका कठिन राजनीतिक आरोह अवरोह पार गर्दै मुलुकको ४१ औं प्रधानमन्त्री बन्नेका खड्गप्रसाद ओली राजनीतिमा ‘केपी शर्मा ओली’ले परिचित छन् । उनी खरो स्वभाव र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । दुई वर्षमा ओली दुईपटक प्रधानमन्त्री बनेका हुन् । यसअघि २०७२ साल असोज २४ गते ओली पहिलोपटक मुलुकको ३८ औं प्रधानमन्त्री बनेका थिए ।

तेह्रथुम जिल्लामा माता स्वर्गीय राममाया ओली र पिता मोहनप्रसाद ओलीबाट वि.स. २००८ साल फागुन ११ गते ओलीको जन्म भएको थियो । ६६ बर्षीय ओलीका एक श्रीमती राधिका शाक्य छन् भने उनीहरुका सन्तान छैनन् ।

को हुन् त ओली ? संक्षिप्त जीवनी

जन्म मिति र स्थान– वि.स. २००८साल फागुन ११ गते, तेह्रथुम
पिता– मोहनप्रसाद ओली
माता– स्व. मधु ओली
श्रीमती– राधिका शाक्य
हालको बसोबास– सूर्यविनायक नगरपालिका, भक्तपुर, नेपाल ।
अस्थायी निवास– शरणामती– ६, झापा, नेपाल ।

मन्त्रिपरिषद् सदस्य
– २०७४ फागुन ३ गते मुलुकको ४१ औं प्रधानमन्त्री
– २०७२ असोज २४ गते ३८ औं प्रधानमन्त्री
– २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री
– २०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री

राजनीतिक यात्रा
– आवद्ध राजनीतिक दल– नेकपा एमाले
– वर्तमान जिम्मेवारी– अध्यक्ष, (२०७१ असार १९÷२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन)
– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–५ (२०७४)
– संविधानसभा सदस्य– झापा क्षेत्र नम्बर– ७, (२०७०), एमाले संसदीय दलको नेता चयन
– संविधानसभा सदस्यमा पराजित– झापा क्षेत्र नम्बर– ७ (२०६४)
– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ र २ (२०५६), नेकपा (एमाले) दलको उपनेता चयन
– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ (२०५१)
– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ (२०४८)
– विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको
– जिम्मेवारी बहन– २०२५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीको नेतृत्व
– २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त
– २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन
– २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन
– २०४४ पुस २ गतेबाट धादिङमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी
– २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।
– २०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।
– २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।

पक्राउ र जेल जीवन
– २०२७ र २०३० का बीचमा पटक पटक गरी १० पटक बढी गिरफ्तारी
– २०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ
– पहिलोपटक रौतहटको गौर जेलमा २ दिन मात्र
– त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान
– २०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान
– ३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान
– २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा र, त्यसपछि गोलघर बाहिर
– २०३३ साउनमा नख्खु जेल चलान
– २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै
– २०३६ जेठमा गोलघर बाहिर
– २०३७ चैतमा पुनः नख्खु जेल चलान
– २०३९ माघ ३ मा पोखरा जेल चलान
– २०४२ कात्तिकमा स्याङ्जा जेल चलान
– २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान
– ०४३ माघ १२ मा भद्रगोल जेल चलान
– २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा
– अन्तिमपटक तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी ।
– पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन

You might also like

Comments are closed.