Nepal's First Video FM

तिहारपछि सरकारको कामले गति लिन्छ: माधव नेपाल

738

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले तिहारपछि सरकारको कामले गति लिने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले वर्षा सकिएकाले अव सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिने दावी पनि गरे ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनको चियापान कार्यक्रममा सहभागी भएका उनले संचारकर्मीमाझ सरकारले जनताको समस्यालाई सम्बोधन गर्न ढिलाइ नगर्ने दावी पनि गरे ।नेता नेपालले सरकारले जनताको अपेक्षा अनुसार कामअघि बढाओस् भन्ने आफूहरुले चाहेको पनि बताए ।वरिष्ठ नेता नेपालले सरकारको कामको मूल्यांकन गर्ने बेला नभएको टिप्पणी पनि गरे । जनताको समस्या समाधान गरेर अघि बढनुको विकल्प सरकारसँग नरहेकोे नेपालको भनाइ छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.