Nepal's First Video FM

पोखरा पल्टन र चितवन राइनोजबीच फाइनल भिडन्त हुँदै, विजेताले पाउनेछ २७ लाख

391

पोखरा रंगशालामा हुने आज हुने फाइनलमा पोखरा पल्टन र चितवन राइनोज आमनेसामने हुँदैछन् । फाइनलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा चितवनका कप्तान पारस खड्काले अघिल्ला चार खेलको प्रदर्शनलाई कायमै राखेर उपाधि जित्ने चाहना व्यक्त गरेका थिए ।

सुरुआती दुई खेलमा पराजित भए पनि बाँकी चार खेल जितेर चितवन फाइनलमा पुगेको थियो । पोखराको सराङकोटमा दुई टिमका कप्तान र ट्रफीसमेत सार्वजनिक गरी पत्रकार सम्मेलन गरिएको थियो ।सबै टोलीले फाइनलमा पुग्न र जित्ने तयारी गरेको भन्दै कप्तान पारसले पोखरा बिरुद्धको खेल प्रतिस्पर्धात्मक हुने बताए । प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको पोखरा पल्टनका कप्तान शरद भेषावकरले भने फाइनलको दबावमा भन्दा आफूले राम्रो प्रदर्शनको प्रयास गर्ने बताए ।

अहिलेसम्म टिमको तालमेल राम्रो भएकैले राम्रो नतिजा आएको भन्दै फाइनलमा पनि त्यसलाई कायम राख्ने शरदको भनाई थियो ।प्रतियोगिताको विजेताले २७ लाख पाउनेछ । जुन घरेलु क्रिकेटमा सर्बाधिक पुरस्कार राशी हो ।उपविजेता टोलीले १० लाख पाउनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरले मोटरसाइकल पुरस्कार पाउनेछन् । खेल अाज बिहान ११ बजेदेखि सुरु हुनेछ ।

You might also like

Comments are closed.