नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ मा निर्वाचित भएका छन् ।
मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको ड्रिस्ट्रिक ८ बाट निर्वाचित हुन सफल भएका हुन्। अमेरिकी मुलधारको राजनीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी, पहिलो नेपाली मुलका अमेरिकी हुन्।
मेरिल्याण्ड राज्यमा रहेका ४७ ड्रिस्ट्रिक बाट हाउस अफ डेलिगेटमा एक सय ४१ जनाले प्रतिनिधित्व गर्दछन्।
गत जुनमा भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स ड्रिस्ट्रिक ८ को प्रारम्भीक चुनावमा जित हासिल गरेका थिए। मंगलबारको अन्तिम प्रतिस्पर्धामा भण्डारीले दोस्रो स्थान हात पार्दै हाउस डेलिगेटमा चुनिएका हुन्।
सन २०१४ मा निर्वाचनमा होमिएका भण्डारी, प्रारम्भिक चरणमै पराजित भएका थिए। प्राध्यापन पेशामा संलग्न भण्डारीले यसपटकको चुनावी अभियानको क्रममा १५ हजार घर दैलो चहारेका थिए।
नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाटिक पार्टीमा करिब एक दशकभन्दा बढी समय देखि सक्रिय छन्। विजयी भएपछि भण्डारीले मतदाताहरुलाई धन्यवाद दिएका थिए।
Comments are closed, but trackbacks and pingbacks are open.