Nepal's First Video FM

रियल मड्रिड ५-० ले विजयी

654

युरोपियन क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक विजेता रियल मड्रिड र म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेका छन् । त्यस्तै युभेन्टसलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।
गएराति भएको खेलमा घरेलु मैदान एलियान्ज एरिनामा सुरुआती अग्रता लिएर पनि युभेन्टसले खेल आफ्नो पक्षमा पार्न सकेन । पहिलो हाफ गोलरहित बराबरी खेले पनि ६५औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले आफ्नो पूर्वक्लवबिरुद्ध उत्कृष्ट गोल गरेका थिए । तर, खेलको अन्तिम पाँच मिनेट संहालिन नसक्दा युभेन्टसले समूहको दुई खेल अगावै नकआउट चरणमा पुग्ने अवसर गुमायो ।

युनाइटेडका लागि जुहान माटाले ८६औं मिनेटमा शानदार फ्रिकिक बराबरी गोल गरेका थिए । त्यसको तीन मिनेटपछि युभेन्टसले आत्मघाती गोल गर्न पुग्यो । पाउल पोग्वाले प्रहार गरेको फ्रिकक युभेन्टसका एलेक्स सान्द्रोलाई छोएर गोल हुन पुगेको थियो ।
जितपछि समूह एचमा युनाइटेडको ७ अंक भएको छ भने शीर्ष स्थानमा युभेन्टसको ९ अंक छ । गएराति नै स्वीट्जरल्याण्डको योङ ब्वाइजलाई ३–१ गोलले हराएको भ्यालेन्सियाको ५ अंक छ ।समूह जी अन्तर्गत रियल मड्रिडले चेक रिपब्लिकको भिक्टोरिया प्लाजेनलाई ५–० गोलले हराउँदा करिम बेञ्जेमाले २ गोल गरे । त्यस्तै कासेमिरो, ग्यारेथ बेल र टोली क्रुजले एक एक गोल गरे । भिक्टोरियाको मैदानमा रियलले चार गोल पहिलो हाफमा गरेको थियो । यही समूहमा रोमाले सीएसकेए मस्कोभालाई २–१ गोलले हरायो ।
जितसँगै रियल र रोमाले ९–० अंक भएको छ । यता म्यान्चेस्टर सिटी युक्रेनको शख्तर डोनेक्सलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै समूह एफबाट नकआउट चरण नजिक पुगेको छ । घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीका लागि ब्राजिलियन स्ट्राइकर गाब्रियल जेससले ह्याट्रिक पूरा गरे । उनले दुई गोल पेनाल्टीमा गरे भने एक गोल खेलको अन्तिम मिनेटमा गरेका थिए । त्यस्तै डेभिड शिल्भा, रहिम स्टर्लिङ र रियद मेहेरेजले एक एक गोल गरे । जितसँगै सिटीको ९ अंक भएको छ ।

You might also like

Comments are closed.