Nepal's First Video FM

प्रधानमन्त्री ओलीले बहिनीहरुबाट लगाए भाइटीका

508

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमै भाइटीका लगाएका छन् । उनले दुई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।

चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दछन् । उनीहरु दुवैलाई काठमाडौं बोलाइएको थियो ।प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.