Nepal's First Video FM

हिउँले ढाकिएको पहाड चढ्दै गरेको बच्चा भालुको वास्तविक कथा

674

समाजिक सञ्जालमा आजभोलि एउटा भिडियो निकै भाइरल भएको छ, जसमा भालुको एउटा बच्चा हिउँले ढाकिएको पहाड चढ्ने प्रयासमा देखिन्छ ।

इन्स्पिरेशन अर्थात प्रेरणा ट्याग राखेर यो भिडियो शेयर गर्नेहरु धेरै छन् । भिडियोमा देखिन्छ कि एक बच्चा भालु कसरी आफ्नो आमास“ग एक हिउँको पहाड चढ्ने कोशिश गर्छ ।

पहिलो पटकमै बच्चा भालु हिउ“ले ढाकिएको पहाड झण्डै उक्लिसकेको थियो । तर, घिस्रिएर फेरि तल पुग्छ । एक पटक त यस्तो अवसथा पनि लायो कि अब बच्चा भालुको खेल खत्तम ।

तर, चट्टानमा अड्डिन सफल हुन्छ । र, धैरे पटक असफल भएपनि बच्चा भालुले हार मानेन र आफ्नो आमा भएको ठाउँमा पुगिछाड्छ ।

सामाजिक सञ्जालमा मानिसहरुले यो फुटेजलाई खुब मन पराएका छन् र असफलताले नै सफलता दिलाउने प्रेरणा मानेका छन् ।

तर, यो भिडियोको वास्तविकता के हो ? यो भिडियो रुसी फोटोग्राफर दिमित्री केद्रोवले ड्रोनको सहायताले क्यामेरामा कैद गरेका हुन् ।

भिडियोलाई ध्यानपूर्वक हेर्ने हो भने पनि थाहा हुन्छ कि कुनै कुनै बेला ड्रोनकै कारण भालुले सहज महसुस गर्दैन ।

नेशनल ज्योग्राफीले त्यो समयलाई निकै महत्वपुर्ण भनेको छ, जब बच्चा भालु हिउँले ढाकिएको पहाड झण्डै उक्लिसकेको थियो । तर, ड्रोन त्यही उभिरहेको भालु नजिक पुग्छ र उसले पञ्जाले आक्रमण गर्न खोज्छ । त्यसपछि बच्चा भालु निकै तलसम्म पुग्छ ।

You might also like

Comments are closed.