बाराको निजगढमा ट्याक्सी र जिप एकअापसमा ठाेक्किँदा ३ जनाकाे मृत्यु र २ जना घाइते भएका छन् । राति करिब १ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ग २ च २३२५ नम्बरको बोलेरो जिपसँग विपरित दिशाबाट आइरहेको बा २ ज २११७ नम्बरको ट्याक्सी एसअापसमा ठाेक्किँदा साे दुर्घटना भएकाे निजगढ प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा २ जना बारा निजगढ नपा- ७ का रहेका छन् । उनीहरु २५ वर्षीय आकाश माझी र विशाल माझीकाे घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना भक्तपुरका २८ वर्षीय समुद्र श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ । उनकाे उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।
घाइते भएका २ जनाको पुरानो मेडिकल चितवनमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
Comments are closed.