सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिले नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्नेभएको छ ।
राजनीतिक असन्तुष्टि राखेर हिँडेका विभिन्न असन्तुष्ट पक्षसँग वार्ता गर्दै आएको समितिले चन्द नेतृत्वको नेकपासँग पनि छलफल गर्नेभएको हो । यसअघि समितिका संयोजक सोम प्रसाद पाण्डेले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्ने/नगर्ने बारे टुंगो नभएको बताउँदै आएका थिए ।
तर, समितिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको निर्देशन अनुसार राजनीतिक माध्यमबाट सम्बोधन गर्ने तयारी बढाइएको छ । समितिले हालसम्म सशस्त्र समूहसँग वार्ता गरेको दावी गर्दै आएको छ ।
Comments are closed.