फाल्गुन ३, दाङमा बसले मोटरसाइकललाई ठक्कर दिदा आज दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट तुलसीपुर आउदै गरेको ना६ख २३३१ नम्मरको बसले घोराहीबाट लमही जाँदै गरेको रा४प २९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी १९ वर्षीय मिनराज न्यौपाने र घोराही उपमहानगरपालिका निवासी २१ वर्षीय मञ्जित गुप्ता रहेका सूचना प्राप्त भएको छ । वस र चालकलाई प्रहरीले नियन्त्रणमा छन् ।
Comments are closed.