अन्तरजातीय विवाह गरेकै कारण सुनसरीका एक जोडी आफ्नै देशबाट विस्थापित हुनुपरेको छ । सुनसरी हरिनगर गाँउपालिका ६ का मुस्लिम केटा र उरावकेटीबीच प्रेम सम्बन्ध हुँदै ४ महिना अघि विवाह गरेपनि केटी पक्षको धम्की र झुटो मुद्धाका कारण नेपालबाट विस्थापित हुनुपरेको हो ।
उमेर पुगेर अदालतमा विहे दर्ता गरेको भएपनि प्रहरीले झुटो मुद्दा दायर गरि केटा पक्षकाहरुलाई अनावस्यक दुख दिइरहको छ । हरिनगर गाँउपालिका ६ का २१ वर्षीय सलमान अन्सारी र हरिनगर ७ की २० वर्षीया सुनिता उरावबीच गत असार २९ गते झापा जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका थिए ।
तर केटी पक्षका परिवारले प्रहरी र अदालतमा अपहरण गरेको मुद्धा हालेपछि यी जोडी ९ महिनादेखि भारतमा लुकिछिपी बस्दै आएका छन् । केटी पक्षले केटाका बुवा दाउद अन्सारी, काका रहमुद अन्सारी र केटा सलमान बिरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा अपहरण सम्बन्धि किटानी जाहेरी दिएका थिए ।
सोही मुद्धाका कारण प्रहरीले केटाका बुवालाई पक्राउ गरि कुटपिट गरेको आरोप पनि छ । केटाका बुवा दाउदलाई दुई महिना अघि जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरि केटीलाई उनको परिवार समक्ष बुझाउन दबाब दिइएको थियो । तर उमेर पुग्नुको साथै राजीखुशी नै विवाह भएको भन्दै दाउदले अडान लिएपछि उनलाई तत्काल स्थानीयको रोहबरमा छाडिएको थियो ।
तर अहिले फेरी केटा पक्षका परिवारलाई केटी पक्षका परिवारले घर जलाउने, मार्ने धम्की दिदै आएको कारण नेपाल छाडेर भारतमा लुकिछिपी बस्दै आएको केटाका काका रहमुद अन्सारीले बताए । यता केटीले पनि आफु प्रेम सम्बन्ध भएकै कारण विवाह गरेको बताइरहेकी छन् ।
आफुलाई कसैले पनि जवरजस्ती नगरेको बताउदै आफ्नो घरजम राम्रोसँग गर्न वातावरण बनाउन अधिकारकर्मी र संञ्चारकर्मीहरुलाई आग्रह गरिन् । ज्यानको सुरक्षाको लागि आफ्नो देश छाडेर भारतमा आफन्तको शरणमा ५ महिनादेखि बस्दै आएको र अब स्वदेश फर्केर शान्तिपूर्वक बस्ने इच्छा रहेको सुनिता उराव बताउँछन् ।
उनका श्रिमान सलमान पनि उमेर पुगेको र नेपाल सरकारको कानुन अनुसार विवाह गर्दा समेत ‘प्रहरीको मिलेमतोमा आफुहरुलाई दुख दिईरहको बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले पनि तीनजना बिरुद्ध शरीर बन्धक तथा अपहरण मुद्धा दर्ता भएको बताए ।
केटी पक्षले केटाका बुवा दाउद, काका रहमुद र केटा सलमान अन्सारी बिरुद्ध हालेको र उनिहरुको खोज तलाश भइरहेको जानकारी दिए ।news24nepal
Comments are closed, but trackbacks and pingbacks are open.