Nepal's First Video FM

छठ पर्वकाे दाेस्राे दिन अाज ‘खरना’ मनाइँदै

519

तराईबासीको विषेश पर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ ।आज गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर दिनभरी ब्रतालु निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ ।

आजको पूजामा केराको पातमा राखेर नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन् ।छठको मुख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ र चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अघ्र्य दिई छठ समापन गरिन्छ ।

छठ पर्व पारिवारिक सुख, शान्ति, सन्तान प्राप्ती अनि चर्म रोग लाग्दैन भन्ने बिश्वासका साथ सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.