नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध बृहत् मोर्चाबन्दीको गृहकार्य शुरू भएको छ । सभापति देउवाको कार्यशैलीविरुद्ध कांग्रेसका ७ प्रभावशाली नेताले बलियो मोर्चाबन्दीको गृहकार्य शुरू गरेका हुन् ।
पार्टीले बनाउने संघीय विधान, सभापति देउवाले विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछिको अवस्था र मंसिर अन्तिम साता हुने महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा आन्तरिक रणनीति तयार गर्न भेला बसेको बताइएको छ ।
पार्टीको बहुप्रतिक्षीत महासमिति बैठक आउन करीब एक महिना बाँकी छँदा आज नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा लञ्च मिटिङ भएको छ ।
भेटमा नेतृ कोइरालाका अलावा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांका कोइराला तथा नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत र अर्जुननरसिंह केसी सहभागी थिए ।
नेता केसी अघिल्लो महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर पछिल्लो समय देउवासँग उनको सम्बन्ध चिसिएको छ । मोर्चाबन्दीमा कृष्ण सिटौलालाई पनि समेट्ने गृहकार्य भइरहेको छ ।
यसअघि सरेको कांग्रेस महासमिति बैठक आगामी मंसिर २८ गतेका लागि बोलाइएको छ । सत्ताधारी बलियो कम्युनिस्ट पार्टिसँग जुध्न सशक्त भूमिकाको खाँचो औंल्याउँदै नयाँ शिराबाट अघि बढ्ने गरी गृहकार्य भइरहेको बताइएको छ ।
आज कांग्रेसका पौडेल पक्षका नेता एकसाथ देखिनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
NRN बाट
Comments are closed, but trackbacks and pingbacks are open.