शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । छठपर्वको आज तेस्रो तथा मूख्य दिन हो। आज ब्रतालुले साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने दिन्छन्।गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् ।
आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा ब्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्नेछन् ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप यो पर्व मनाइन्छ ।यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छाडेर सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।
You might also like
Comments are closed, but trackbacks and pingbacks are open.