Nepal's First Video FM

लागूऔषधसहित दुई जना पक्राउ

701

लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । विरगञ्ज महानगरपालिका १६ बाट सोमबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका ८ बस्ने २३ वर्षिय सागर कार्की र सोही महानगरपालिका ९ बस्ने राजेश कुचिकार छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई संका लागि जाँच गर्दा निजहरुले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा डाइजोप्याम ३९ वटा, नोफिन ३६ वटा र फेनेरागन ४० वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाए।पक्राउ परेका उनीहरुमाथि आवश्यक कारवाही गर्नको लागि प्रहरी चौकी इनरुवामा लगिएको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.