दोहोरीमा पहिलोपटक चलचित्रमा प्रयोग हुने एरी क्यामेरा सहित ५ लाख लगानीको म्युजिक भिडियो आउने भयो यही शनिबार
कमल सरगम -नेपाली लोक दोहोरीको इतिहासमै पहिलो पटक सबै भन्दा महँगो भिडियो सार्बजनिक हुने भएको छ।मोडल दुर्गेश थापा र नायिका मनिस्का पोख्रेल संगै मोडल ओबी रायमाझीको अभिनय पहिलो पटक म्युजिक भिडियोमा चलचित्रमा प्रयोग गरिने एरी क्यामेरा प्रयोग गरिएको छ।दोहोरी गीतमा पहिलो पटक यति महँगो सामग्री प्रयोग गरिएको भन्दा नपत्याउनु पनि होला तर यो सब सत्य हो।’पानीले भिरालो खोज्यो’नामक गीतको शब्द तथा संगीत भने हाल अत्याधिक चर्चित गीत सालको पातका संगीतकार बसन्त थापाले गरेका हुन् भने गीतमा अदभुत आवज भएकी हाल सबैको मन मुटुमा बसेकी गायिका सिता श्रेष्ठ र बसन्त थापाकै रहेको छ।लामो समय देखि अमेरिकामा बस्दै आउनु भएका प्रस्तुतकर्ता तथा कलाकार राजन क्षेत्री र असोक सुबेदीको प्रस्तुति रहेको उक्त गीतको निर्देशन भने प्रथम खड्का क्षेत्रीको रहेको छ।गीत यही शनिबारबाट बसन्त थापाको युटुब च्यानलबाट आउने गीतको टिमबाट जानकारी आएको हो।
Comments are closed, but trackbacks and pingbacks are open.