Nepal's First Video FM

उपत्यकामा सवारी लाइसेन्सकाे आवेदन मंसिर पहिलाे सातादेखि खुल्ने

669

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि मंसिर पहिलाे सातादेखि पुन: अावेदन खुला हुने भएको छ । दशैँ सुरु हुनुभन्दा अघिदेखि नै लाइन्सकाे अावेदन स्थगित गरिएकाे थियाे ।अब मंसिर ७ गतेबाट पुन: अनलाइन फाराम खुल्ला गरिने यातयात व्यवस्था विभागले जानकारी दिएकाे छ । विभागका निर्देशक तीर्थराज खनालका अनुसार मंसिर ७ बाट काठमाडौं उपत्यकाभित्रका यातायात व्यवस्था कार्यालयमा अनलार्इन फारम खुला हुनेछ ।

उपत्यकाभित्रका जगाती, ठूलो भर्‍याङ, सुकेधरा, एकान्तकुनामा गरी चारवटा यातायात व्यवस्था कार्यालयमार्फत माेटरसाइकल, स्कुटर र कार तथा जीप लगायत सवारीकाे लाइसेन्सका लागि अनलाइन आवेदन भर्न सकिने खनाले बताए । यसअघि अनलाइन फाराम स्थगित भए पनि रि-ट्रायललगायतका कामहरु यस अवधिमा चालु नै रहेकाे उनकाे भनाइ छ ।

यातायात व्यवस्था विभागको वेबसाइटमा गएर अनलाइन अावेदन दिन सकिनेछ । हाल विभागले देशैभरि सवारी साधनकाे चालक लाइसेन्सका लागि अनलाइन फाराम अनिवार्य गरेकाे छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.