Nepal's First Video FM

दाङबाट काठमाडौं हिँडेको बस दुर्घटना

427

नवलपुरको कावासोतीमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ गइरहेको राप्ती यातायातको ना ६ ख ६३०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक छेउबाट पल्टिएर दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय, नवलपुरले दिएको जानकारी अनुसार गम्भीर घाइते ४ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर चितवन पठाइएको छ । सामान्य घाइते १२ जनाको भने कावासोतीकै कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.