Nepal's First Video FM

चर्चित संगितकार तथा गायक बसन्त थापाको नयाँ गित (पानीले भिरालो खोज्यो)मा गायिका सीता श्रेष्ठ नै किन?

575

असली सुनको चिनारी सुनारलाई मात्र जानकारी हुन्छ। यो त सबैलाई अवगतनै छ। यो कुनै उखानटुक्काको प्रसंग होईन यहाँ प्रसंग छ चर्चित संगीतकार तथा लोक दोहोरी गायक बसन्त थापाको बजारमा आउन लागेको नयाँ गित (पानीले भिरालो खोज्यो) मा गायिका सीता श्रेष्ठ नै किन भनेर?लोक गितको बजारमा अनगिन्ती मधुरस स्वरग्राम भएका पुराना तथा नबगायिकाहरुको घुईचो छ।

सोही मध्यमा पनि बसन्तको रोजाईमा सितानै परिन यसको कारण हो उनको गायिकीमा अब्बलता। रोधी घरबाट उघारिएको उनको लोक संगीतको ढोका माईतीघर सम्म आईपुग्दा उनको आवाजमा फेला पारिएको मनमोहक रश सायद कमैमा हुन्छ र उनको सफलताको बुटिनै यहि हो। उनको यहि अदभुत क्षमताको आधारमा OS नेपालले उत्कृष्ट गायिकाको अवार्डले सम्मानीत पनि गर्‍यो।सिताको आवाजको जादुले आम दर्सक समक्ष यतिधेरै प्रभाव पार्‍यो कि आजभोलि बजारमा आउने लोकगितमा सिताकै आवज खोजिने गरिन्छ।

दर्सकको अत्याधिक रुचाईमा परेकी सिताको यहि क्षमतामा आकर्षित भएरनै बसन्त थापाले उक्त गितमा गाउने अवसर प्रदान गरेका हुन्। जो यहि आउदो मङ्सिर १ गते सनिवार सार्वजनिक हुदैछ। नयाँ जनाकारी अनुसार उक्त गितको भिडियो लोक दोहोरी क्षेत्रकै उत्कृष्ट लगानीमा बनेको र गितको निर्माता भने हाल अमेरिकामा बसोबास गर्दै आईरहनु भएका प्रस्तुतकर्ता राजन क्षेत्री र अशोक सुवेदि रहेका खुल्न आएको छ। उच्च बजार ब्यबस्थापन रहेको गितको सफलता भने हेर्नै बाकी छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.