माघ ९ ,दिपायलमा प्रदेश नं. ७ को राजधानी माग गर्दै दिपायलमा सांसद आफै आन्दोलनमा उत्रिएका छन् ।
सरकारले माघ ३ गते तोकेको प्रदेशको अस्थायी मुकाम कैलालीको धनगढीमा आइतवार शपथग्रहण गरी सोमबार गृहजिल्ला डोटी पुगेका सांसद त्रिलोचन भट्ट आफै मंगलबार धर्ना बसेका हुन् ।उनि मंगलबार दिउँसो १२ बजेदेखि अन्य आन्दोलनकारीहरुसँगै क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि धर्नामा बसेका हुन ।
प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने माग राख्दै सांसद भट्ट आन्दोलनमा मंगलबार सहभागी भएका हुन् ।
Comments are closed.