Nepal's First Video FM

सात वर्षीया बालिका बलात्कार अभियोगमा भारतीय युवक पक्राउ

620

रामपुरमा सात वर्षीया बालिका बलात्कृत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत बिहार बेतिया धन्ग्रौल घर भएका रामपुरमा ज्याला मजदुरी गर्दै आएका २२ वर्षका कौशर आलमलाई बालिका बलात्कारको अभियोगमा इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो ४ बजे बालिका बलात्कार गरी फरार रहेका आलमलाई राति ९ बजे रामपुर नगरपालिका–५ स्थित मटेरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भोजराज पाण्डेले जानकारी दिनुभयो ।

“बालिका बलात्कृत भएको खबर ७ः३० बजे हामीकहाँ आयो, त्यसलगत्तै टोली खटिएर बलात्कारीलाई पक्राउ गर्न सफल भइयो”, उहाँले भन्नुभयो । बालिका बलात्कार गर्ने आलमलाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको छ । रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.