अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित नेपाल प्रहरीका एक जना हवल्दारलाई पक्राउ गरेको छ । आयोगको हेटौंडाको टोलीले टोलीले जिल्ला प्रहरी कार्यालय बाराका हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुससहित शुक्रबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयमा सरसफाई विभागको कमाण्डरको रुपमा कार्यरत उनलाई एक जना व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ। यद्यपि ती व्यापारीका नाम खुलाइएको छैन।
अख्तियारका अनुसार हवल्दारले भारतबाट पान मसाला ल्याउन लाइन मिलाइदिने भन्दै व्यापारीसँग रकम मागेका थिए । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.