नेपाली ट्यांकर चालकले भारतबाट इन्धन ढुवानी ठप्प पारेका छन् । भारतीय प्रहरीले जोगबनी बजारमा नेपाली ट्यांकर चालकलाई कुटपिट गरेपछि ढुवानी ठप्प पारिएको हो ।
भारतको बरौनीबाट पेट्रोल लिएर आउँदै गरेको को.१ख ६००९ नम्बरको ट्यांकरका चालकलाई कुटेपछि ट्यांकर चालकले ढुवानी नगर्ने भन्दै धर्नामा बसेका हुन् ।दोषी भारतीय सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने, यस्ता दुव्र्यवहार रोकिनुपर्ने, सुरक्षा हुनुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनुपर्ने लगायत माग अघि सारेका छन् ।
यता, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ का अध्यक्ष केशव आचार्यका अनुसार अन्य सवारी साधनलाई ‘ओभरटेक’ गरेको भन्दै चालकलाई बाहिर निकाली दुव्र्यवहार गरिएको बताएका छन् ।
भारतको बथनाहाबाट जोगबनीसम्मको सात किलोमिटर सडक साँघुरो भएर सधैँ जाम हुने गरेको छ । पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई भने ‘ओभरटेक’ गरेर भए पनि अघि जान दिन भारतीय सुरक्षाकर्मी सहमत भए पनि दुर्व्यवहार र कुटपिट भएपछि ढुवानी ठप्प गर्नुपरेको उनीहरुको गुनासो छ ।
Comments are closed, but trackbacks and pingbacks are open.