गरिवको जिन्दगी र मनको पीर लोकदोहरी गीति एल्बम बजारमा ल्याएर चर्चाको शिखरमा पुगेका लोकप्रिय लोक तथा दोहरी गायक पवन ओलीले करिब दश वर्ष पछी नया एल्बम थाके धाउदा धाउदा बजार मा ल्याएका छन् । वलीले आफ्नो सत्रौं प्रस्तुतिका रुपमा ‘थाके धाउँदा धाउँदा’गित मार्फत फेरी पनि आफ्नो समधुर स्वर पस्किएका छन् । गायक ओलीले ‘थाके धाउँदा धाउँदा’ गीतलाई उनका यसअघिका गीत भन्दा केही फरक रुपमा श्रोता दर्शकमाझ पस्किएका छन् । गरिब झुपडीका पिर ब्यथालाई गीति लयमा पस्केर चर्चा बटुलेका ओलीले यसपटक माया प्रेममा धोका खाएका प्रेमिल जोडीको कथालाई गित बनाएर स्रोता दर्शकमाझ आएका छन् ।
२००८मा नेपाल छाडी अमेरिका पुगेका एक अग्रज कलाकार पवन ओली यो बेला इन्जीनियरिङ्गको रुपमा अमेरिकी सरकारी सस्थामै कार्यरत हुनुहुन्छ।स-परिवार सहित अमेरिका बसेका ओली आफ्नै दर्शक श्रोतको मनबाट टाढा जान नसके पछि फेरी गीत बजारमा ल्याएको बताउछन।अब उनि निरन्तर रुपमा बजारमा आफ्नो सृजनाबाट आउने बाचा समेत गरेका छन।कुनै सयम उहाको सृजनाले दर्शक श्रोताको मनलाई चसक्क पार्दथ्यो केहि समय उहा संगीत क्षेत्रबाट टाढा भए संगै उहाको खोजि प्रसस्तै हुन थालेको थियो तिहार सकिए संगै उहाले नया सृजना ल्याएपछि थप चर्चामा छन।
नेपालमा पनि शिक्षण पेसामा रहेका ओली अमेरिका पुगेर पनि कम्प्युटर पेसामा आबद्धमा रहनु भएको बताउनु हुन्छ।
जन्मथलो सल्यानको बाँफुखोलामा शिक्षण पेशा गर्दै नेपाली लोकदोहरी क्षेत्रमा होमिएका ओली पछिल्लो समय अमेरिकामा रहेर कम्प्युटर इन्जिनियरिङ पेशामा सरकारी जागिर खान पुगेका छन् । लोकप्रिय गायक वलीका बुटवल बसपार्क, गरिबको जिन्दगी, चौतारीमा हावा सरर, मनमा पीर बढ्दै गाको छ, अक्षतामा दहि, खोलि झ¥यो गाई लगायतका गीत मार्फत नेपाली लोकसंगीत प्रेमी स्रोताको माझ निकै लोकप्रिय बनिसकेका छन् ।
‘थाके धाउँदा धाउँदा’ गीत लोकदोहरी गीत हो । यसमा पवन ओली र पूर्णकला वि.सी. को स्वर रहेको छ । विजय म्यूजिक प्रालीले बजार ब्यबस्थापन गरेको यो म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । राजेश घिमिरेले भिडियोको छायांकन गरेका छन् भने भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । महेन्द्र गौतम र सारिका के.सी. को अभिनय रहेको यस गितको म्यूजिक भिडियोमा दिनेश खड्काको समेत अभिनय देख्न सकिन्छ । भिडियोलाई शुक्रबारबाट म्यूजिक नेपालले आफ्नो युट्युब च्यानल मार्फत सार्बजनिक गरेको छ ।
भिडियो :
Comments are closed, but trackbacks and pingbacks are open.