फिल्म ‘गुनगुन’ कार्तिक ३० गते देखि देशभर प्रर्दशनमा आएको थियो । अन्य हलहरुमा प्रर्दशन भए पनि बालाजु स्थित अष्ट नारायण हलबाट भने ‘गुनगुन’लाई हटाइएको छ । शुक्रबार रिलिज भएको फिल्मलाई एक दिनमै हलबाट हटाइएको हो ।
बिना जानकारी अष्टनारायण हलले आफ्नो फिल्म हटाए पछि निर्माता पुकार भट्टराईले क्षतिपूर्तिको माग गर्दै हललाई कारबाही गर्नु पर्ने माग राखेका छन् ।फिल्म निर्माण र प्रर्दशन गर्ने हक अधिकारबाट वञ्चित गरिएको भन्दै कारवाही माग गरेर निर्देशक समेत रहेका भट्टराईले चलचित्र निर्माता संघमा निवेदन पेश गरेका छन् ।
‘गुनगुन’ मा सञ्चिता लुईंटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र निर्देशक भट्टराईको अभिनय रहेको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.