Nepal's First Video FM

भग्नावशेष बन्यो ‘एसियाकै पहिलोे’ सुरुङमार्ग

643

देशका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने भनेर प्रस्ताव अघि सारिए पनि काम कतै भएको छैन । त्यसैले सुरुङमार्गको योजना नै नेपालीका लागि महत्वाकांक्षी लाग्छन् । तर, आजभन्दा १०१ वर्ष पहिले नै नेपालमा सुरुङमार्ग थियो र त्यसमा बकाइदा गाडी चल्थ्यो भन्दा विश्वास गर्न कठीन हुन्छ ।

हो, हामी चुरियामाई सुरुङमार्गको कुरा गरिरहेका छौं, जसको अब भग्नावषेश मात्र बाँकी छ । राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाएर बाटो बनाउनुको साटो चुरियामाई मन्दिर परिसरबाटै सीधा सुरुङमार्ग खनियो र गाडी चलाइयो ।हेटौंडा बजारबाट करिब ९ किलोमिटर दक्षिणमा चुरियामाई मन्दिर छ । त्यहाँ सडक अहिले पनि उकालो छ । अहिले सडक पिच नगरी कंक्रिटिङ गरिएको छ ।

तत्कालीन समयमा त्यस्तो उकालो पहाडमा बाटो बनाउन गाह्रो भएकाले विकल्पमा सुरुङमार्ग खनिएको बताउँछन् स्थानीय जानकार बिके महर्जन । काठमाडौं उपत्यकाबाहिर सबैभन्दा पहिले विकास गरिएको यो सडकखण्डमा तत्कालीन राणा सरकारले सुरुङमार्ग खनेको थियो ।

र, त्यही सुरुङमार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म पुग्ने सडक नभएकाले त्यहाँबाट भरिया लगाएर काठमाडौंसम्म समान पुर्‍याइन्थ्यो । काठमाडौंमा चल्ने राणाका गाडी पनि भीमफेदीसम्म यही सुरुङमार्ग छिचोल्दै पुग्थे ।

तर, प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसै क्रममा यो सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसैमाथि सडक बनाइयो ।
सडक छेउमा देखिएका सुरुङका मुखहरु थनिए । तर, मन्दिर नजिकैको सुरुङमार्गको केही भाग भने अझै सग्लो अवस्थामा नै छ । सडक पारीको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ । onlinekkhabar

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.