Nepal's First Video FM

जब अर्जुनले आफ्नै बहिनीबारे यस्तो पोल खोले (भिडियो)

638

श्रीदेवकी छोरी अभिनेत्री जाह्नवी कपूर हालै आफ्ना सौतेला दाई अर्जुन कपूसँगै करन जौहरको च्याट शो कफी विद करन मा पुगिन् । यहाँ करन जौहरले दाई बहिनीसँग यस्ता प्रश्न गरेकी दुबै हैरान भए । करनले दुबैलाई प्रेम सम्बन्धका बारेमा प्रश्न गरे ।

करनले जाह्नवीसँग ईशान खट्टरसँग डेट गरेको भनेर सोधेका थिए । जवाफमा जाह्नवीले आफ्नो कुनै केटोसाथी नभएको बताएकी थिइन् । यही प्रश्न करनले अर्जुनसँग पनि गरे । अर्जुनले जवाफ दिए, ‘सँधै जाह्नवी ईशानसँगै देखिन्छन् ।’ त्यसपछि अर्जुनमाथि जाह्नवीले यस्तो प्रश्न गरिन् जसले अर्जुन रातोपिरोमात्र भएनन् चुप पनि लागे । उनले सोधेकी थिइन्, ‘तपाईको लभ कोसँग परेको छ?’

कार्यक्रममा करनले अर्जुनसँग मलाईका अरोरासँगको सम्बन्धबारे पनि प्रश्न गरे । तर, अर्जुनले यो विषयमा कुनै स्पस्ट जवाफ दिएनन् । स्मरण रहोस अर्जुन मलाईको सम्बन्धको चर्चाले बलिउडमा हलचल नै ल्याएको छ । जताततै यो सम्बन्धबारे चर्चा चलिरहेको हुन्छ ।

कार्यक्रममा करन सेक्स लाईफबारे पनि प्रश्न गर्छन् । तर, अर्जुन भने लजाउँछन् । उनले संकेत गरे आफूसँग बहिनी पनि छ । यसपछि करनले यस्ता सेक्ससँग सम्बन्धित प्रश्न गरेनन् ।

त्यसपछि पनि जाह्नवी र अर्जुनबीच एक खेल भयो । त्यसमा पनि अर्जुन निकै हतास देखिन्थे । उनी करनका प्रश्नले दिक्क भएको जस्तो लाग्थ्यो

You might also like

Comments are closed.