Nepal's First Video FM

क्षतिग्रस्त नुवाकोटका एक दर्जन प्रहरी एकाइ पुनःनिर्माण

654

सशस्त्र दश वर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका ११ प्रहरी एकाइको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत ती एकाइमध्ये तीन वटाको निर्माण सम्पन्न भइसकेको छ ।

ती भवन उद्घाटनको पखाईमा रहेको र बाँकी आठवटा भवन पनि सम्पन्न हुने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । “सशस्त्र दशवर्षे युद्धमा ध्वस्त बनेका र विनाशकारी भूकम्पले क्षति पुगेका ती एकाइ राष्ट्रिय पुनःनिर्माण कोषमार्फत निर्माण गरिएको हो ।” प्रहरी उपरीक्षक कुँवरले भन्नुभयो, “अझै आधा दर्जन प्रहरी एकाइ पुनःनिर्माणका लागि जग्गाको व्यवस्थापनमा लागिपरेका छौँ ।”

हाल पुनःनिर्माण भएकामध्ये छ वटा एकाइ निर्माणका लागि कम्तीमा चार रोपनी जग्गा स्थानीय दाताले निःशुल्क उपलब्ध गराएका हुन् । निर्माण थालिएकामध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय विदुर, अस्थायी प्रहरी पोष्ट विदुर र जिल्ला प्रहरी कार्यायल परिसरमा अवस्थित अधिकृत प्रहरी ब्यारेक निर्माण भइसकेको छ । समुन्द्रटार, कुमरी, ककनी, तारुका, फिकुरी, पाटीभञ्ज्याङ र इलाका प्रहरी कार्यालय ढिकुरे र सिक्रेका प्रहरी चौकी निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.