Nepal's First Video FM

मेक्सिकोसँगको पूरै सिमाना बन्द गरिदिने राष्ट्रपति ट्रम्पको चेतावनी

29

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको आगमनले शान्ति सुरक्षामा खलल पुगेमा मेक्सिकोसँगको पूरै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन् । उनले आवश्यक परेमा सीमास्थित सुरक्षा फौजलाई घातक शक्तिको प्रयोग गर्न अनुमति दिएको बताए ।

मध्ये अमेरिकी देशहरूबाट करिब चार हजार किलोमिटर यात्रा गरेर हजारौँ आप्रवासी सीमा नगर टिह्वानामा पुगेका छन् । धेरैजसो आप्रवासी होण्डुरसका छन् । आफ्नो देशमा व्याप्त आर्थिक कठिनाइ तथा हिँसाबाट बच्न उनीहरूकाे राेजाइ अमेरिका हुने गरेकाे छ ।

अमेरिकाले सीमा क्षेत्रमा पाँच हजार अाठ सय फौज परिचालन गरेकाे छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीको आगमनलाई अतिक्रमणको संज्ञा दिएका थिए।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.