Nepal's First Video FM

धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको स्वास्थ्य गम्भीर

466

छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

शारीरिक र मानसिक रुपमा स्वास्थ्य गम्भीर भएपछि जिल्ला प्रशासन कार्यालयले यज्ञराजलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी गरेको हो । परिवारको निर्णयपछि उनलाई उपचारका लागि काठमाडौं लैजाने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

धर्नामा बसेका यज्ञराजको शारिरिक तथा मानसिक रुपले स्वास्थ्य अवस्था विग्रिदै गएको छ । मानसिक अवस्था बिग्रिँदै गएपछि चिन्तित बनेका पन्तका परिवार तथा आफन्तहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय समक्ष उपचारका बारेमा छलफल गरेको थियो । महाकाली अञ्चल अस्पतालले उनको शारीरिकभन्दा मानसिक समस्या बढेको जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.