Nepal's First Video FM

मादक पदार्थ सेवन गरी विद्यालय जाने शिक्षक बर्खास्त !

670

मादक पदार्थ सेवन तथा आर्थिक अनियमितताको आरोपमा नवलपरासीको एक विद्यालयका प्रधानाध्यापक बर्खास्त भएका छन् ।

पूर्र्वीनवलपरासीको बुलिटारस्थित बालमन्दिर प्राथमिक विद्यालयका प्रधानाध्यापक निरोज बस्ताकोटीलाई विद्यालयले बर्खास्त गरेको हो ।विद्यालय छात्रवृत्ति रकम दुरुपयोग गरेको, विद्यालयमै मदिरा सेवन गरेर जाने गरेको, शिक्षकको तलब दुरुपयोग गर्ने गरेको लगायत आरोप लगाउँदै अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका थिए ।

शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख कृष्ण चन्द्र पोख्रेलले स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि उनलाई बर्खास्त गरिएको बताए ।

पदीय मर्यादा तथा आचरणविपरीत कार्य गरेको भेटिए उनलाई शिक्षकबाट पनि वर्खास्त गर्ने कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.