Nepal's First Video FM

जनतासामु गरेका प्रतिबद्धता अनुसार सरकारले काम गरेन: देवेन्द्र पौडेल

40

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धता अनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्धपि उनले भयंकर गल्ती नै गरेको जस्तो सरकारबाट गल्ती भने नभएको स्पष्ट पारेका छन् ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता पौडेलले वर्तमान सरकार ६, ८ वा ९ महिनाको लागि मात्रै गठन नभएको बताउँदै भने,‘यो सरकार ५ वर्षको लागि गठन भएको हो । सरकारले यो बीचमा कर प्रणालीलाई नियमन गरेको छ । तर अहिले प्रभावकारी र लोकप्रिय काम नपुगेको साँचो हो । अर्को बर्षमा कामले गति लिन्छ । ’सांसद पौडेलले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताए । उनले भने,‘हामी यस विषयमा पार्टीभित्र गम्भिर समीक्षा गर्छौं । सरकारमा सहभागी गठबन्धन दलसँग छलफल गर्छौं । स्वयम् प्रधानमन्त्रीले पनि चूनौतीको महशुस गर्नुभएको छ ।’

नेता पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.