नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति बाहिर रहेका संस्थापन इतर समूहका नेताहरु १२ औं महाधिवेशन सुनिश्चितताको माग गर्दै धर्नामा बसेका छन् ।
उनीहरु थपिएको २ महिनाले १२औं महाधिवेशनको सुनिश्चतता नभएको भन्दै आइतबार बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । आजै बस्ने केन्द्रीय कार्यसमिति बैठकलाई लक्षित गरेर विद्यार्थी नेताहरु धर्नामा बसेका हुन् । नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशनका लागि नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग गर्दै नेताहरु धर्नामा बसेका छन् ।
नेताहरु बैठक स्थलमा प्रवेश नगरेसम्म आफूहरुको धर्ना जारी रहने बिद्यार्थी नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकका लागि कांग्रेस नेताहरु पार्टी कार्यालय पुग्ने क्रममा छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.