Nepal's First Video FM

पशुपतिनाथको दर्शन गरि पढ्नुहोस् तपाईको आजको राशिफल, आज मिति २०७५ साल मसिर ११ गते मगलबार !! सबैले सेयर गरौ

461

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बौद्धिक काममा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक कार्य सफल रहनेछन । प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधुरो काम पूरा हनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.