यही १३ गतेदेखि १६ गतेसम्म सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौंमा हुँदै गरेको ‘एसिया प्यासिफिक समिट’लाई लक्षित गरी प्रहरीले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार समिटमा २२ मुलुकका भिभिआईपी र भिआईपी पहुना सहभागी हुनेछन्, जसको लागि कार्यक्रम अवधिभर काठमाडौं उपत्यका भित्रका सवारी साधनलाई जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो ।
महाशाखाले जानकारी गराए अनुसार जोर बिजोर प्रणाली १३ मंसिर देखि १६ मंसिर सम्म लागू हुनेछ । १३ र १५ गते बिजोर, १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन मात्रै उपत्यका भित्र सञ्चालन गरिनुपर्नेछ ।
तर यता अत्यावश्यक सेवा र शैक्षिक संस्थाबाट चल्ने सवारी साधनका लागि भने यो नियम लागू हुने छैन । यसका साथै पत्रकारका हकमा भने प्रेस पास देखाउनु पर्ने महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी गराएका छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.