Nepal's First Video FM

कोटेश्वरको जाम अन्त्य गर्नकमा लागि सुरूङ मार्ग बनाउन जापान सरकार सहमत

54

राजधानीको कोटेश्वर क्षेत्रमा जाम अन्त्य सुरूङ मार्ग बनाइने भएको छ । नेकपा नेता पूर्वमन्त्री महेश बस्नेतको अथक प्रयासमा सडक बिभागले निर्माण प्रक्रिया थालेको छ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको चालु जापान भ्रमणको एउटा महत्वपुर्ण एजेण्डा कोटेश्वोर सुरुङ मार्ग र सुर्यबिनयक (धुलिखेल सडक ६ लेनको निर्माण गर्न हस्ताक्षर हुने मन्त्रालय श्रोतले जनाएको छ ।

सोही अनुसार सडक बिभागको बैदेशिक सहायता महाशाखामा भएको मिटिङमा जपानी प्र्तिनिधिहरुले कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङ मार्ग बनाउन जापानले अध्ययन गर्ने बिषयमा सहमती भएको छ ।

सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङको अध्ययन गर्ने जानकारी दिएका छन् । त्यस्तै अरनिको राजमार्गको कोटेश्वर सुर्यबिनायक खन्डाको चारदोबाटो चोक, मनोहरा पुल लोकन्थली र राधे राधे चोकमा आकाशे पुल निर्माण गर्ने भएको छ ।

जडिबुटीको कार्यालयदेखि टंक प्रासाद आचार्यको सालिकसम्म र ठिमी क्षेयारोग अस्पताल एरियामा सर्भिस ट्र्याक निर्माण गर्ने, ५ ठाउँमा सदक ट्राफिक बत्ति राख्ने र जडिबुटी, लोकन्थली, कशौलटार, ठिमी लगाएत ठाउँमा दुई तल्ले सर्भिस ट्र्याक बनाउने र निर्मणाधिन राधे राधेको हनुमन्ते पुल र लोकन्थलिको मनोहरा पुल निर्माणलाई तिब्रता दिने निर्णय भएको थियो।

मिटिङमा सांसद महेश बस्नेत, उप महानिर्देसक संजय श्रेष्ठ, कोटेश्वोर सिन्धुली सडकको डिई राकेश महर्जन लगाएत थिए । उक्त बिषयमा उपमहानिर्देषक संजय श्रेष्ठले भने, ‘जापानी टिमले अध्ययन गर्दैछ, अध्ययनपछि कहाँदेखि कहाँसम्म बनाउने टुंगो लाग्छ ।’ उनका अनुसार सुरूङ मार्ग जडिबुटी तिनकुने हुँदै बालकुमारी निकाल्ने गरी बनाउने सम्भावना छ ।

उनले भने, ‘मनोहरा खोलामा अस्थायी पुल बनाइने छ भने मोटरसाइकलका लागि नयाँ सर्भिस ट्र्याक पनि खोलिने छ ।’ news24

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.