पशुपतिनाथको दर्शन गरि पढ्नुहोस् तपाईको आजको राशिफल, आज मिति २०७५ साल मसिर १४ गते शुकबार !! सबैले सेयर गरौ
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा सफलता मिल्दै जानेछ भने कुनै कामको सिलसिलामा यात्रा हुनसक्छ । कार्योन्नतिका साथै कीर्ति लाभको पनि योग देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । साथीभाइसंग भेटघाट हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । प्रेम सम्वन्ध कसिलो हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । फितलो यात्रा हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा सुख सन्तोष छाउनेछ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुनेछैन ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सौन्दर्यतामा धन खर्च हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यमा अवरोध आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । अध्ययनमा रुचि जाग्नेछ ।
Comments are closed, but trackbacks and pingbacks are open.