Nepal's First Video FM

प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

474

फागुन ४, प्रदेश नं ३ को स्थायी राजधानी हेटौँडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् ।

उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटौँडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन् ।

रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा प्रदेश नं ३ को भौगोलिक अवस्था नियाल्दा हेटौँडा राजधानीका लागि उपयुक्त नभएको काभ्रेका सांसद गोकुल बास्कोटाले बताए ।

प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिंदै उनले यस प्रदेशको राजधानी काभ्रे नै उपयुक्त हुने दाबी समेत गरे ।

हेटौँडा कुनै पनि हालतमा राजधानी हुननसक्ने भन्दै दोलखाका सांसद पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने धारणा व्यक्त गरे ।

भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा-१ का सदस्य शशिजंग थापाले काम चलाउ सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपामध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरिए पनि सरकारका केही मन्त्रीको चलखेलले हेटौँडा लगिएको आरोप लगाए ।

उनले प्रदेशसभामा यो विषयले एजेण्डाका रुपमा उठान पाउनासाथ प्रदेश नं ३ को राजधानी भक्तपुर अथवा काभ्रे हुने समेत बताए ।

You might also like

Comments are closed.