Nepal's First Video FM

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

407

बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् ।

म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।
ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् । गन्धर्वको शव दमौली अस्पतालमा राखिएको छ ।

त्रासको वातावरण अन्त्य गर्न सांसद श्रेष्ठको अनुरोध

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले भानु नगरपालिकाको विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवालाई तत्काल नियन्त्रण गरी जनतामा त्रासको वातावरण अन्त्य गर्न माग गर्नुभएको छ ।

भानु नगरपालिका–२ ढल्केवरमा शनिबार साँझ चितुवाको आक्रमणबाट १० वर्षीय अमृत गुरुङको मृत्यु भए पछि प्रेस विज्ञप्ति प्रकाशित गरी सांसद श्रेष्ठले बालबालिका यसरी घर आँगनमै वन्यजन्तुको शिकार बन्नुपर्ने अवस्था निकै दुःखद् भएको बताउनुभयो ।

चितुवाको निरन्तर आक्रमणको अवस्थाको अन्त्य गर्न तथा नरभक्षी चितुवालाई यथाशीघ्र नियन्त्रणमा लिई नागरिकमा व्याप्त त्रास र आतङ्कको वातावरण अन्त्यका लागि सांसद श्रेष्ठले सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराउनुभएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.