Nepal's First Video FM

भिल्लारियललाई २–० गोलले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लियो

512

भियारियललाई २–० गोलले पराजित गरी बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । यसअघिका दुई खेलमा एक हार र एक बराबरीले दोस्रो स्थानमा झरेको बार्सिलोनोल पुनः शीर्ष स्थान कब्जा गरेको हो ।

घरेलु मैदान नाउ क्याम्पमा ओस्मान डेम्बेलेको पासमा जरार्ड पिकेको गोलले पहिलो हाफमा बार्सिलोनाले अग्रत लिएको थियो । दोस्रो हाफको अन्त्यतिर लियोनल मेस्सीको पासमा सब्सिच्युड मिडफिल्डर कार्लेस एलेनाले गोल गरी २–० को जित निश्चित गराए ।

आफूले जितेर मात्रै बार्सिलोना शीर्षमा पुगेको होइन । यसअघि शीर्ष स्थानमा रहेको सेभियाले डेपोर्टिभो अलाभेससँग बराबरी एक एक गोलको बराबरी खेल्यो । जोनाथन रोड्रिग्वेजले ३७ औं मिनेटमा गोल गरेपछि डेपोर्टिभोले अग्रता बनाएको थियो । ७८औं मिनेटमा बेन याडरले सेभियाका लागि बराबरी गोल फर्काए । तेस्रो स्थानको एट्लेटिको मड्रिडले पनि जिरोनासँग एक एक गोलको बराबरी खेलेका छन् ।

क्रिष्टियन स्टुआनीले पेनाल्टीमा गोल गरी पहिलो हाफमा जिरोनालाई अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा जिरोनाकै रामाल्होले आत्मघाती गोल गर्दा एट्लेटिकोलाई फाइदा भयो । जितसँगै बार्सिलोनाको १४ खेलबाट २८ अंक भएको छ । समान खेलबाट सेभियाको २७ र एट्लेटिको मड्रिडको २५ अंक छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.