इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टहृयामले कार्डिफ सिटीलाई पराजित गरेको छ ।मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा वेष्टहृयामले कार्डिफ सिटीलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । वेष्टहृयामका लागि लुकास परेजले दुई र मिचाइल एन्टोनियोले एक गोल गरे । यता, कार्डिफका लागि भने जोस मुर्फीले गोल फर्काएका थिए ।
खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलको वेष्टहृयामले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भएको हो । खेलको ४९औं मिनेटमा परेजले गोल गर्दै वेष्टहृयामलाई अग्रता दिलाएका थिए । खेलको ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले वेष्टहृयामलाई दोब्बर अग्रता दिलाएका थिए ।
खेलको ६१औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेष्टहृयामलाई ३-० गोलको अग्रता दिलाएका थिए । तर खेलको अतिरिक्त समयमा कार्डिफका लागि मुर्फीले गोल फर्काउँदै ३-१ गोलको स्थितिमा ल्याएका थिए । तर हारबाट जोगाउन भने सकेनन् ।
त्यस्तै, मंगलबार राति नै भएका अन्य खेलमा ब्रिगटोनले क्रिस्टल प्यालेसलाई ३-१ गोलअन्तरले नै पराजित गरेको छ । त्यस्तै, अर्को खेलमा बोर्नेमाउथले हडर्सफिल्डलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.