Nepal's First Video FM

प्रहरीद्वारा कमलपोखरीबाट पेस्तोलसहित एक पक्राउ

539

सशस्त्र प्रहरी बल नेपालको विशेष टोलीले काठमाडौंको कमलपोखरीबाट एउटा अवैध पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ललितपुर जिल्लाको चाँपागाउँ घर बताउने २४ वषिर्य शिशिर श्रेष्ठ छन् ।

विशेष सुराकीको आधारमा मंगलबार दिउँसो कुमारी हल नजिकै रहेको भोजु रेस्टुरेन्ट एण्ड क्याफेबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक अजय छतकुलीले बताए ।उनका अनुसार श्रेष्ठको साथबाट ७.६२ एमएमको अटोमेटिक पेस्तोल र एउटा म्यागजिन बरामद गरेको थियो ।

उनले पेस्तोल बोकेर हिँडिरहेको खबर पाएपछि सशस्त्र प्रहरीले पिछा गरेको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.