Nepal's First Video FM

स्वरसम्राट नारायण गोपालको २८ औँ स्मृति दिवस आज

768

स्वरसम्राट नायरायण गोपालको २८ औँ स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी मनाईदै छ ।

१९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाएका छन् । उनले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् ।

नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट स्मृति सम्मानबाट यस वर्ष डा. दीर्घ सिंह बम, निर शाह, डा. विश्वम्भर प्याकुरेल र दिनेश अधिकारीलाई प्रदान गरिँदै छ । विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्र्धव सम्मानित हुनुभएको थियो ।

You might also like

Comments are closed.