नेपालमा बेलाबेला सबैभन्दा बढी अालाेचित एवं विवादित भइरहने विषय हाे- राष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्टहरुकाे सेवा सुविधा । हालै मात्र राष्ट्रपतिका लागि हेलिप्याड बनाउने र १८ कराेडका गाडी किन्ने कुराले राष्ट्रपति तथा सरकारकाे खूब अालाेचना भयाे । हामीकहाँ यी विशिष्टहरुकाे सवारी अाउँदा सडकमा यात्रुहरुकाे अावागमन नै ठप्प पारिन्छ ।
तर मेक्सिकाेमा नयाँ निर्वाचित भएर अाएका राष्टपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर भने वर्षाैँदेखि राष्ट्रपतिहरुले चढ्दै आएको हवाइजहाज बेच्न लागेका छन् । उनले सरकारी सुविधाका नाममा रहेका ती महंगा जहाज बेचेर अाफू व्यापारिक क्लासका उडानमा अाम यात्रुसँगै यात्रा गर्ने घोषणा गरेका हुन् ।
बेराेजगारी र गरिबीले थलिएकाे दक्षिण अमेरिकी देश मेक्सिकोका नयाँ राष्ट्रपतिले अाफू नागरिकभन्दा माथि नरहेकाे बताएका छन् । राष्ट्रपतिकाे शपथ लिएर पदभार ग्रहण गरेका उनले भनेका थिए- ‘म विगतका राष्ट्रपतिहरुले प्रयाेग गर्दै अाएका सुविधाका जहाज चढ्ने मनसायमा छैन । त्यो जहाज चढ्नु मेरा लागि अप्ठेरो कुराे हाे । अाम जनता गरिबीकाे मारमा रहेकाे देशमा यदि म मात्र त्यस्तो सुविधासम्पन्न जहाजमा उडें भने मेरो अनुहारमा लाजले छाेप्नेछ ।’
राष्ट्रपति अाेब्राडाेर सार्वजनिक जहाजमा
उनले अाफ्नाे वाचालार्इ व्यवहारमै देखाइसकेका पनि छन् । आइतबार राष्ट्रपतिको सपथ लिएपछि राष्ट्रपति ओब्राडोर मेक्सिको सिटी इन्टरनेसनल विमानस्थलमा देखिएका थिए । भेराक्रुज जान हिँडेका उनी अरू यात्रुजस्तै गरी पब्लिक जहाजमा चढेर अाम यात्रुसँगै झ्लालपट्टिको सिटमा बसेर गफिँदै मज्जाले यात्रा गरिरहेका भिडियाेहरु सामाजिक सञ्जाल विभिन्न मिडियामा अाएका छन् ।
६ वर्षअघि सन् २०१२ मा झन्डै २३ अर्ब रूपैयाँ बराबरकाे लागतमा राष्ट्रपतिकाे सुविधाका लागि भनेर किनिएको बोइङ ७८७-८ ड्रिमलाइनर जहाज उनले बेच्ने बताइसकेका छन् । साे प्रक्रिया पनि सु्रु भइसकेकाे छ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया ल्याएर उक्त जहाजमा केही मर्मत-सम्भार गरेर मूल्य निर्धारण गरिने बताइएकाे छ ।
Comments are closed, but trackbacks and pingbacks are open.