Nepal's First Video FM

टि-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाको कीर्तिमान जित

590

फागुन ४, एजेन्सी । अष्ट्रेलियाले त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट शृंखलामा न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको छ । २ सय ४४ रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट क्षतिमा ७ बल अघि नै भेटायो ।

अष्ट्रेलियाको जितका लागि डि अर्सी शर्टले ७६ रन बनाए । उनले ४४ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७६ रन बनाएका थिए । त्यस्तै, कप्तान डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गर्दै मात्र २४ बलमा ५९ रन बनाएका थिए । उनले ५ छक्का र ४ चौका प्रहार गरे ।

त्यस्तै, अष्ट्रेलियाको जितमा आरोन फिन्चले अविजित ३२ र ग्लेन म्याक्श्वेलले ३१ रन बनाए । यसअघि इडन पार्कमा टस जितेर पहिले ब्याटिङ गर्दै न्यूजील्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २४३ रनको विशाल योगफल तयार पारेको थियो ।

न्यूजील्याण्डका लागि ओपनर मार्टिन गुप्टिलले शतकीय पारी खेलेका थिए । उनले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा १०५ रन बनाए । उनले ९ छक्का र ६ चौका प्रहार गरेका थिए । त्यस्तै, न्यूजील्याण्डका लागि कोलिन मुनरोले ३३ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा ७६ रन बनाएका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.