अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशु मारेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । खाँदबारी नगरपालिका वडा नम्बर-६ की ३७ वर्षीया फुलमाया लिम्बु (राई)लाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
फुलमायाले शिशु जन्माई मारेर डोकोमा फाल्न लादै छ भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले डोकोभित्र राखेको मृत बालिका शिशुसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
Comments are closed.