Nepal's First Video FM

त्रिवि शिक्षण अस्पतालभित्रै पूर्वकर्मचारीद्वारा आत्महत्या

550

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् ।काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।

अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले जानकारी दिए ।

बोहोरा सोही अस्पतालका पूर्वकर्मचारी हुन् । अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत उनी ०६० मा अवकाश भएका थिए ।रक्तचापबाट बिरामी बोहराले आत्महत्या गर्नुको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.