Nepal's First Video FM

‘न यता न उता’ को प्रचार भाइबरमार्फत्

989

गतिलो प्रचार नभए अब दर्शकलाई हलसम्म डोर्‍याउन गाह्रो छ । महिनामा झण्डै एक दर्जन फिल्म रिलिज हुने हुँदा कहिले कुन फिल्म रिलिज हुँदैछ भन्नेमा दर्शक अनविज्ञ हुन्छन् । यसकारण फिल्मप्रति दर्शकलाई आकर्षित गर्न अचेल निर्माताहरुले अनेकौं उपाय अबलम्बन गर्ने गरेका छन् ।

रोड कन्सर्ट, उपहारका योजना, माइकिङ, पर्चा पम्प्लेटजस्ता प्रचार सामाग्री पुरानो हुँदै जाँदा निर्माताहरु नयाँ-नयाँ उपायको खोजी गर्न थालेका छन् । यसबीच नेपाली चलचित्र इतिहासमा पहिलो पटक भाइबरले फिल्म ‘न यता न उता’ को स्टिकर प्याक प्रस्तुत गरेको छ ।

भाइबरले नेपालमा पहिलो पटक नेपाली फिल्मको स्टिकर प्याक प्रस्तुत गरेको हो । यसको औपचारिक सुरुवात यही मंसिर २० गतेबाट फिल्मको स्टिकर प्याकको उपलब्धताबाट भएको हो । यस फिल्मको स्टिकर अब भाइबरको स्टिकर बजारमा सजिलै पाउन सकिन्छ ।

निर्माण टिमले स्टिकर प्याक डाउनलोड गरेर फिल्ममा आबद्ध कलाकारसँग च्याट गर्ने मौकादेखि प्रमोशनको क्रममा डिनर तथा फिल्मको फ्रि टिकटहरु प्रदान गरिने योजना पनि अगाडि पारेको छ । यो माघ २५ गते प्रदर्शनमा आउने फिल्म हो ।

२ जना अर्धवैशे पुरुषहरुको जीवनमा आइपरेको संकटलाई दर्शाइएको फिल्ममा ऋचा शर्मा, समिर दिक्षित, छुल्थिम गुरुङ्ग, मिराज रोश, राजारम पौडेल, बुद्धि तामाङ्ग, रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लक्ष्मी, लुनिभा तुलाधर, सिल्सा जिरेल र नम्रता सापकोटा रहेका छन् । यो फिल्म मिराज रोशद्वारा निर्देशित हो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.