Nepal's First Video FM

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

859

फागुन ४, धादिङबेंसी-तिप्लिङ सडक अन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १३ मा सडकका ग्याभिन जाली लगाउने क्रममा ढिस्काले पुरिएर एक मजदुरको मृत्यु भएको छ ।

सडक स्तरोन्नतिका लागि ग्याभिन जालीमा ढुङ्गा भर्दै गर्दा माथिबाट ढिस्को खसेर बर्दिया जिल्ला निवासी राजु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक धु्रवराज राउतले बताए ।

सोही घटनामा घाइते भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका निवासी रवीन्द्र तामाङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, धादिङको उत्तरी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ आँखु नदीमा शुक्रबार एक वृद्धको शव फेला परेको छ । नदी किनारमा त्रिपुरासुन्दरी-७ निवासी ६२ वर्षीय कृष्णमान श्रेष्ठको शव पानीमा डुबेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राउतले बताए ।

You might also like

Comments are closed.